Kathmandu Press

आठ संसदीय समितिको बैठक आज बस्दै

महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तर भाषिक, अन्तर धार्मिक, अन्तर सांस्कृति सहिष्णुता प्रवर्द्धनका विषयमा छलफल हुँदै छ ।
आठ संसदीय समितिको बैठक आज बस्दै
Hardik ivf

काठमाडौं, फागुन १५ : मंगलबार एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दै छ ।  महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तर भाषिक, अन्तर धार्मिक, अन्तर सांस्कृति सहिष्णुता प्रवर्द्धनका विषयमा छलफल हुँदै छ । 

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ । 

आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, अर्थ समिति र कानुन न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन् । 

प्रकाशित मिति: ०८:४८ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्