Kathmandu Press

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसाे ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमै निधन भएको हो ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

Hardik ivf

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतका अग्रणी व्यक्तित्व हुन् । उनी स्वरसम्राट नारायणगोपालका समेत समकालीन गायक थिए ।

आचार्यका मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, जति चोट दिन्छौ, हजार आँखा हेर्ने, माया मेरी साँझ बिहानलगायत गीत लोकप्रिय छन् ।

आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । उनले दर्जनौंको संख्यामा भजन पनि गाएका छन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्