Kathmandu Press

भारतीय गायक पंकज उदासको निधन

भारतीय गायक पंकज उदासको निधन

मुम्बई, फागुन १४ः भारतका प्रख्यात गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको खबर पुष्टि गरेका छन् । ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुःखद निधनको जानकारी दिँदै दुःखी छौं । पंकज के बिरामी थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौं’, विज्ञप्तीमा भनिएको छ ।

Hardik ivf

पंकज गजल गायनमा विश्वकै एक ठूला नाम थिए । उनले ‘चिठ्ठी आई है’ गजलबाट लोकप्रियता पाएका थिए । यो गजल सन् १९८६ मा रिलिज फिल्म ‘नाम’मा राखिएको थियो । 

उनका गजलहरु ‘ये दिल्लगी’, ‘फिर तेरी कहानी याद आई’, ‘चले तो कट ही जाएगा’ र ‘तेरे बिन’ हिट छन् ।

उनका ‘जिये तो जिए कैसे’, ‘चाँदी जैसा रंग है’लगायतका गजल पनि निकै चर्चित छन् ।

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्