Kathmandu Press

उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ता

आइतबार निर्वाचनको मिति तय गरेको आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ता

काठमाडौं, फागुन १४ : निर्वाचन आयोगले २०८१ वैशाख १५ गते  प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी दर्ता गर्न समय तोकेको छ। 

आइतबार निर्वाचनको मिति तय गरेको आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ। चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ।
१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

Hardik ivf

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। गत वर्ष ०७९ को  मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ। 

प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ।  त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको सवारी दुर्घटनामा निधन भएको थियो। 
 

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्