Kathmandu Press

लघुवित्त ऋणी संसद प्रवेश प्रकरणमा छानबिन समिति गठन

प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
लघुवित्त ऋणी संसद प्रवेश प्रकरणमा छानबिन समिति गठन

काठमाडौं, फागुन १४ : संसद् भवनमा सोमबार दिउँसो लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन समिति गठन गरिएको छ। 

प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन्।

Hardik ivf

समितिलाई लघुवित्तका ऋणीहरु निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरेको बिषयमा कमजोरीबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ। 

प्रहरीले संसद् भवन छिरेका ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। मिटरब्याज पीडित संसद् भवन परिसरमा प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले प्रहरी प्रमुख बसन्त कुँवरलाई फोन गरेर जिज्ञासा राखेका थिए। लघुवित्तबाट ऋण लिएका ऋणीहरु संसद बैठक चलिरहेका बेला संसद भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका थिए।

संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न सरकारले निषेध गरेको छ। संघीय संसदभित्र प्रवेश पास बिना जान नपाइने गरी सुरक्षा व्यवस्था कडा छ। ऋण तिर्न नसकी समस्यामा परेका पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका थिए। 
 

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्