एकीकृत समाजवादीले बाेलायाे दस्ताबेज मस्यौदा समितिको बैठक
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले मंगलबार र बुधबार दस्ताबेज मस्यौदा समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो।-1701696846.jpg)
काठमाडौं, फागुन १४ : नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको दस्ताबेज मस्यौदा गर्न दस्ताबेज मस्यौदा समितिको बैठक आह्वान गरेको छ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले मंगलबार र बुधबार दस्ताबेज मस्यौदा समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो।
बैठकमा पार्टीको दस्तावेश मस्यौदाका साथै राजनीतिक बिषयहरुमा पनि छलफल गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। त्यस्तै सोमबार नै बसेको समाजवादी मोर्चाको बैठकको निर्णयबारे जानकारी गराउदै उहाले चैत ३ गते काठमाडौंमा नेपाली विशेषताको समाजवाद नामक कार्यक्रम आयोजना गर्ने बताए।
त्यस्तै समाजवादी मोर्चा नेपालको प्रकाशन गरिने उहाले जानकारी दिनुभयो। मोर्चाले सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको भन्दै उहाले एमालेसंग पनि यस बिषयमा छलफल गर्न सकिने जिकिर गरे।
समाजवादीले आफ्ना पार्टीमा समाहित भएको बासु दुलालको नेतृत्वको स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चालाई स्वागत गरको छ।












