Kathmandu Press

कोरोनाका कारण एक वर्षपछि धकेलियो युरोकप

काठमाडौं, चैत ४ : कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएपछि युरोकप फुटबल प्रतियोगिता एक वर्षपछि सरेको छ।

यही वर्ष जुन १२ देखि जुलाई १२ सम....

कोरोनाका कारण एक वर्षपछि धकेलियो युरोकप

काठमाडौं, चैत ४ : कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएपछि युरोकप फुटबल प्रतियोगिता एक वर्षपछि सरेको छ।

यही वर्ष जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको युरोकप २०२० कोरोना भाइरसको संक्रमणका कारण एक वर्षपछि सरेको हो।

मंगलबार बसेको युरोपियन फुटबल एसोसिएसन (युइएफए)को आपतकालिन बैठकले युरोकप एक वर्षपछि सार्ने निर्णय गरेको हो। अब युुरोकप सन् २०२१ को ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ।

कोरोनाका कारण अहिले विश्वभर खेलकुदका सबै गतिविधि ठप्प छ। कोरोनाका कारण राष्ट्रिय लिग प्रभावित बनेपछि इटालीले लिगलाई प्राथमिकता दिन युइएफए बैठकमा युरोकप सार्ने प्रस्ताव गरेको थियो।

युइएफएको यो निर्णयसँगै महिला युरोकप पनि प्रभावित हुने देखिएको छ। महिला युरोकप इंग्ल्यान्डमा २०२१ को जुलाई ७ बाट सुरु हुँदैछ। 

यसैगरी, कोपा अमेरिका पनि एक वर्षपछि सरेको छ। अर्जेन्टिना र कोलम्बियामा यही वर्ष जुन १२ देखि जुलाई १२ सम्मका लागि तय  भएको कोपा अमेरिका अब २०२१ को जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुनेछ। 
 

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्