Kathmandu Press

न्यायाधीश थपलिया र निरौलाको बर्खास्तगीकाे कारबाही प्रधानन्यायाधीशबाट सदर

न्यायपरिषद्को आइतबार बसेको बैठकले दुई न्यायाधीशलाई बर्खास्त गरी कार्यान्वयनका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको थियो।
न्यायाधीश थपलिया र निरौलाको बर्खास्तगीकाे कारबाही प्रधानन्यायाधीशबाट सदर

काठमाडौं, फागुन १४ : उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलामाथि भएको बर्खास्तगको कारबाही प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठबाट सदर भएको छ। 

न्यायपरिषद्को आइतबार बसेको बैठकले दुई न्यायाधीशलाई बर्खास्त गरी कार्यान्वयनका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको थियो।

Hardik ivf

परिषद्को बैठकले घुस विवादमा मुछिएका जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई भने सचेतको मात्र कारवाही गर्दै महोत्तरी जिल्ला अदालतमा सरुवा गरेको छ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश थपलिया र जिल्ला न्यायाधीश निरौलालाई छानबिन गरी कारवाही गरेको थियो। 

थपलियामाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मुद्दा मिलाउने विचौलया रहेको भन्दै परेको उजुरीका आधारमा कारवाही भएको हो । थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए भने निरौला काठमाडौं जिल्ला अदालतम कार्यरत थिए । 
 
प्रकाशित मिति: १५:१६ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्