लघुवित्तका ऋणीहरुले संसद भवन छिरेर गरे नाराबाजी
उनीहरुले संसद बैठक चलिरहेका बेला नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छिरेर नाराबाजी गरेका हुन्।
काठमाडौं, फागुन १४ : लघुवित्तबाट ऋण लिएका ऋणीहरु संसद भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका छन्।
उनीहरुले संसद बैठक चलिरहेका बेला नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छिरेर नाराबाजी गरेका हुन्।
संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न सरकारले निषेध गरेको छ।
संघीय संसदभित्र प्रवेश पास बिना जान नपाइने गरी सुरक्षा व्यवस्था कडा छ। ऋण तिर्न नसकी समस्यामा परेका पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका थिए।
प्रकाशित मिति: १४:४९ बजे, सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












