Kathmandu Press

पूर्वमन्त्री महतोले लोसपाबाट अलग, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ घोषणा 

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महतो र बुद्धछिरिङ मोक्तानले संयुक्त रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन्।
पूर्वमन्त्री महतोले लोसपाबाट अलग, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ घोषणा 

काठमाडौं, फागुन १४ : पूर्वमन्त्री राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका छन्।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महतो र बुद्धछिरिङ मोक्तानले संयुक्त रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन्।

Hardik ivf

लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग अलग्गिएर महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका हुन्।

लोसपाले गति लिन नसकेको बताउँदै महतोले ठाकुरको विरोध र आलोचना गर्दै आएका थिए। पत्रकार सम्मेलनमा उनले बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेको बताए। 

लोसपाका वरिष्ठ नेताको भूमिकामा रहेका महतोले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने बताएका छन्।

लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि समेत अभियान खुल्ला रहेको महतोको भनाइ छ। जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए। 
 
प्रकाशित मिति: १३:५४ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्