Kathmandu Press

बजेट कार्यान्वयन कमजोर रहेको भन्दै सांसद राणाको ध्यानाकर्षण 

सोमबार बैठकको शून्य समयमा बोल्दै राणाले नेपाल सरकारले बजेट कसरी खर्च गर्ने र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिन ध्यानाकर्षण गराइन्।
बजेट कार्यान्वयन कमजोर रहेको भन्दै सांसद राणाको ध्यानाकर्षण 

काठमाडौं, फागुन १४ : नेपाली कांग्रेसकी सांसद एवम् नेतृ आरजु राणा देउवाले प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै बजेट कार्यान्वयन पक्ष कमजोर रहेको बताएकी छन्।

सोमबार बैठकको शून्य समयमा बोल्दै राणाले नेपाल सरकारले बजेट कसरी खर्च गर्ने र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिन ध्यानाकर्षण गराइन्।

Hardik ivf

राणाको भनाइ थियो, ‘प्रदेशमा १५ देखि २० प्रतिशतमात्रै बजेट खर्च भयो भन्ने आएको छ। कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगे पनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाएका छैनन्।’

सहकारीको समस्या समाधान गर्न समेत सांसद राणाले आग्रह गरेकी छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपाल सरकारलाई दुग्ध किसानको भुक्तानीसम्बन्धी निर्देशन दिइएको स्मरण गराउँदै कार्यान्वयन पक्ष कहाँ पुग्यो भनेर सरकारलाई ताकेता गरिदिन पनि उनले सभामुखमार्फत् आग्रह गरिन्। ‘कात्तिक १५ गते कृषि समितिले सरकारलाई दूध किसानहरुको रकम भुक्तानि गर्न निर्देशन पठाएको थियो त्यो कहाँ पुग्यो ?’ राणाको प्रश्न थियो। 

बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको समेत उनले बताइन्। बजेट आफ्नो क्षेत्रमा लान भन्दा पनि अघिल्लो बर्ष गएको बजेट खर्च गर्नतिर ध्यान दिनुपर्ने भनाई राणाको थियो। 
 

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्