Kathmandu Press

पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

नेकपा एमालेका सांसद दीलकुमारी रावल थापा पार्वतीले चितवनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रको विकास आवश्यक रहेकोमा सरकारको ध्यानाकर्षण गराइन्।
पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

काठमाडौँ, फागुन १४ : राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए। 

Hardik ivf

उनले भूकम्पका कारण सञ्चार क्षेत्रमा पुर्‍याएको क्षतिबारे सरकारको ध्यानाकषर्ण गराए। सांसद शर्माले भने, 'भूकम्पपछि प्रभावित क्षेत्रमा प्राविधिक रुपमा भूगोलको अध्ययन जरुरी छ। भूकम्पपछि भूगोल खस्किएको छ, चिरा परेको छ, फाटेको छ र प्रभावित क्षेत्र बसोबासका लागि उपयुक्त छ वा छैन, अध्ययन गर्न जरुरी छ।'

नेकपा एमालेका सांसद दीलकुमारी रावल थापा पार्वतीले चितवनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रको विकास आवश्यक रहेकोमा सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, 'धार्मिक पर्यटनका सम्बन्धमा पवित्र नारायणीनदीको प्रमुख उदगमस्थल दामोदरकुण्ड, मुक्तिनाथ गोसाइगुण्ड, त्रिशुलीदेखि गोलाघाट अयोध्याधाम र त्रिवेणीधामसम्मलाई विशेष क्षेत्रका रुपमा संरक्षण, संवद्र्धन गर्दै देवघाटलाई प्रमुख पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गर्नु पर्दछ।'

नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले जनताबाट निर्वाचित सांसदहरुले निर्वाचनका समयमा जनतासमक्ष गरेका बाचाहरु पूरा गर्नुपर्नेमा जोड दिए। मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने, जतिसक्दो चाँडो सङ्घीय कानून बनाउनुपर्ने र कुनै राजनीतिक दल वा दलका नेतामा केन्द्रित गर्नेभन्दा पनि आगामी आर्थिक बर्षको बजेट जनताको पक्षमा बनाउनुपर्ने माग गरे। 

सांसद सिंहबहादुर विश्वकर्माले दलित समुदायबारे संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण हुनुपर्नेमा जोड दिए। सांसदहरु नारायणप्रसाद दाहाल, इन्दु कडरिया, शेखरकुमार सिंह, नरपति लुहार र दीपा गुरुङले भ्रष्टाचारको अन्त्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराए।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्