१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सदन पुनः सञ्चालन
सभामुखले आगामी बैठक फागुन १८ मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। यससँगै संसदको अवरोध हटेको छ र दाेस्राे बैठक सुरू भएकाे छ।
काठमाडौं, फागुन १४ : सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
सभामुखले आगामी बैठक फागुन १८ मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। यससँगै संसदको अवरोध हटेको छ र दाेस्राे बैठक सुरू भएकाे छ। यसअघि पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेका थिए।
कार्यसूचीअनुसार अगाडि बढ्न पटक-पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा दिने अडान राखेकाे छ।
प्रकाशित मिति: १३:०२ बजे, सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












