Kathmandu Press

बागमती प्रदेशमा संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल

कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ। 
बागमती प्रदेशमा संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल

मकवानपुर, फागुन १४ : फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन्। आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो। 

नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ। कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल छन्। कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ। 

Hardik ivf

प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा सबै दल सकारात्मक रहे पनि ठोस निर्णय भने सर्वदलीय बैठकमा हुन सकेन। संसद् सञ्चालनका विषयमा दलबीच सहमति जुट्न नसकेपछि यही फागुन १५ गते बिहान ८ बजे पुनःसर्वदलीय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो। सो बैठकमा सत्तापक्ष र विपक्षी दलबीचको सहमति, अन्तद्वन्द्वलाई समाधान गर्ने प्रयास हुने जनाइएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजोको छलफलमा संसद् सञ्चालनको विषयसहित अन्य विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको बताए। उनले सदन सञ्चालनका विषयमा सबै दल सकारात्मक रहे पनि अन्य विषयमा भने सहमति जुट्न नसकेको उनको भनाइ छ। संसद् र संसदीय समितिको नेतृत्वका विषयमा पनि दलबीचको समस्या समाधान भएको उनको भनाइ छ। उनका अनुसार सरकार र प्रतिपक्ष दलबीचको सहमतिलगायत विषयमा अन्य विकल्पमा सहमति खोज्ने प्रयास जारी छ।

प्रमुख प्रतिपक्ष एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले छलफलमा सहमति जुट्न नसकेको र प्रयास जारी रहेको बताए। उनले सरकार र प्रतिपक्षबीचको सहमतिका विषयमा गम्भीररूपमा छलफल भइरहेको उल्लेख गरे। 

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्