Kathmandu Press

विवादित मन्त्रीबारे प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्ने एमालेकाे माग

फागुन ६ देखि राजीनामाकाे विषय उठाउँदै आए पनि सरकारले जवाफ नदिएको एमालेकाे भनाइ छ। विवादित मन्त्रीहरुको सम्बन्धमा उनले स्पष्ट रुलिङ गर्न सभामुखसँग माग पनि गरे।
विवादित मन्त्रीबारे प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्ने एमालेकाे माग

काठमाडाैं, फागुन १४ : नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्ने माग राखेको छ।

प्रतिनिधिसभाकाे सोमबार बसेकाे बैठकमा एमालेका तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ। कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो। सुप्रिमोमाथि को छ?’

Hardik ivf

फागुन ६ देखि राजीनामाकाे विषय उठाउँदै आए पनि सरकारले जवाफ नदिएको एमालेकाे भनाइ छ। विवादित मन्त्रीहरुको सम्बन्धमा उनले स्पष्ट रुलिङ गर्न सभामुखसँग माग पनि गरे।

यस विषय एमाले सांसदहरूले आ–अफ्नो स्थानमा उभिएर संसदमा नाराबाजीसमेत गरे। उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए। 

कार्यसूचीअनुसार अगाडि बढ्न पटक-पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि सभामुखले १५ मिनेटका लािग बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्