Kathmandu Press

मिटरब्याज, लघुवित्त पीडितको समस्या तत्काल सम्बोधन नभए आगामी बैठक अवरुद्ध गर्ने राप्रपाकाे चेतावनी

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनामा पनि मागेका छन्।
मिटरब्याज, लघुवित्त पीडितको समस्या तत्काल सम्बोधन नभए आगामी बैठक अवरुद्ध गर्ने राप्रपाकाे चेतावनी

काठमाडौं, फागुन १४ : मिटरब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने चेतावनी राप्रपाले दिएको छ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनामा पनि मागेका छन्।

Hardik ivf

मिटरब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्याबारे सांसदहरुलेनिरन्तर कुरा उठाइरहे वपनि सरकारले सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जसरी बसेको उनले बताए।

उनले कम संख्या भएका कारण सदनबाट निकालिन्छ भने निस्कन तयार रहेको बताउँदै उनले भने, ‘तर यी समस्यामा राप्रपा संसद र सडक दुवैमा सरकारविरुद्ध राप्रपा उभिन्छ।’

देशमा कस्तो न्याय व्यवस्था छ भन्ने अहिले सडकमा देखिएको उनको भनाइ थियो।  ‘सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा सरकार भएको बेला सर्वहारावर्गको अवस्था के छ भन्ने भृकुटीमण्डप र सिफलमा देखिन्छ,’ उनले भने।

प्रकाशित मिति: १२:११ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्