विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित
विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।
काठमाडौं, फागुन १४ : विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्।
विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।
विपक्षी दलहरुले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन्।
एमाले सांसद गोकुल बास्कोटाले तीन मन्त्रीको राजीनामा नआए प्रधानमन्त्रीको जवाफसँगै बर्खास्त गर्नुपर्ने बताए।
कार्यसूचीअनुसार अगाडि बढ्न पटक-पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
प्रकाशित मिति: ११:४८ बजे, सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार