Kathmandu Press

१४ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

१४ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं, फागुन १४: सुन तस्करीमा संलग्न भएको अभियोगमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।

गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणका मुख्य योजनाकार मानिएका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

Hardik ivf

डिल्लीबजारको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका सञ्चालक गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार राती पक्राउ हो । छानबिन र अनुसन्धानका क्रममा दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा गुरुङ मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ ।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।

प्रकाशित मिति: ११:१० बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्