सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु

सुर्खेत, १४ फागुन: सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको प्रहरीले बताएको छ ।
सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा पछाडि बसेका रानाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रूपेश गिरीको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए ।
ट्याक्टर चालक र साहु भने फरार रहेका छन् ।
प्रकाशित मिति: १०:४४ बजे, सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












