Kathmandu Press

प्रधानमन्त्री र अमेरिकी नौसेनाध्यक्षबीच शिष्टाचार भेट

प्रधानमन्त्री र अमेरिकी नौसेनाध्यक्षबीच शिष्टाचार भेट

काठमाडाैं, फागुन १३ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोबीच शिष्टाचार भेट भएको छ । आज दिउँसाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

भेटघाटका अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताएका छन् । उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

Hardik ivf

नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरेका थिए । उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे ।

नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ देखि जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल भ्रमणमा रहेका छन् ।

भेटघाट कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति: २१:१४ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्