पशुपति विकास कोषको जग्गा खोज्न समिति गठन
पूर्वसचिव दामोदर रेग्मीको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको हो। पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजी गर्न समिति बनाइएको जनाइएको छ।
काठमाडौं, फागुन १३ : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि समिति गठन गरेको छ।
पूर्वसचिव दामोदर रेग्मीको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको हो। पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजी गर्न समिति बनाइएको जनाइएको छ।
रेग्मीको नेतृत्वमा गठित ५ सदस्यीय समितिका सदस्यहरुमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लहाकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजु केसी छन्।
पशुपतिनाथको नाममा देशभर रहेका जग्गाहरु व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको जनाइएके छ। गुठी र क्षेत्र विकास कोषका नाममा विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेपछि खोजी गर्न समिति बनाइएको हो।
प्रकाशित मिति: १७:४१ बजे, आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार