Kathmandu Press

२८ बिघा १७ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिको नाममा, १८७ विरुद्ध भ्रष्टाचार मुद्दा  

माओवादी नेता रेवतराज पुरी (गगन पुरी) उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत र नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायीलगायतका विचौलिया पनि भ्रष्टाचारमा तानिएका छन्।
२८ बिघा १७ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिको नाममा, १८७ विरुद्ध भ्रष्टाचार मुद्दा  

काठमाडौं, फागुन १३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना प्रकरणमा नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १८७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

माओवादी नेता रेवतराज पुरी (गगन पुरी) उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत र नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायीलगायतका विचौलिया पनि भ्रष्टाचारमा तानिएका छन्। नेता पुरीविरुद्ध अख्तियारले कुल ९ करोड रुपैयाँ भन्दा बढी बिगो माग गरेको छ।

Hardik ivf

जग्गा हिनामिना प्रकरणमा नापी कार्यालय चन्द्रगढीका तत्कालिन ९ जना कर्मचारी समेत मुछिएका छन्। अख्तियारले सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ता प्रक्रियामार्फत २८ बिघा १७ कठ्ठा १३ धुर अर्थात ३८४ रोपनी ८ आना १ दाम व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको तथ्य अनुसन्धानबाट फेला पारेको छ। ती जग्गाहरूको न्यूनतम् मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसा हुन आएको दाबी अख्तियारको छ। 

झापास्थित दमक नगरपालिका वडा नं. १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) का जग्गाहरू कि.नं.७६०.१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ग र दमक ५ ख बीचको मार्जिनका जग्गाहरू स्वबासी प्रक्रियाबाट व्यक्तिको नाममा लगेको अभियोगपत्रमा जनाइएको छ।

अभियोग पत्र अनुसार जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५) बाट समेत साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्नेमा व्यक्तिको नाममा लागिएको पाइएको छ। 

सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट जम्मा क्षेत्रफल १८ बिघा १७ कठ्ठा १३ धुर) अर्थात् ३८४ रोपनी ८ आना १ दाम व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको अख्तियारले जनाएको छ। २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएका ती जग्गा नापी कार्यालय, चन्द्रगढीबाट पुनः नापीका क्रममा विभिन्न व्यक्तिहरूको नाममा स्वबासी प्रक्रियाबाट जग्गादर्ता गरिएको थियो। 

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्