Kathmandu Press

कार्यविभाजनका लागि गृहकार्य नपुगेपछि माओवादी स्थायी समिति बैठक मंगलबार फेरि बस्ने

आजकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको कार्यविभाजन र पार्टीको अभियानलाई प्रभावकारी बनाउने विषायमा अभिमुखीकरण दिएकाे सापकाेटाकाे भनाइ छ।
कार्यविभाजनका लागि गृहकार्य नपुगेपछि माओवादी स्थायी समिति बैठक मंगलबार फेरि बस्ने

काठमाडौं, फागुन १३ : कार्यविभाजनका लागि गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी समिति बैठकआज केही समय बसेर सकिएको छ।  बैठक मंगलबार पुनः बस्ने  पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन्।

‘कार्यविभाजन र अभियानको गृहकार्यका लागि भनेर बैठक मंगलबार सम्मका लागि सरेको छ’, सापकोटाले भने, ‘थप गृहकार्यसहित मंगलबार पुनः बैठक बस्नेछ ।’ आजकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको कार्यविभाजन र पार्टीको अभियानलाई प्रभावकारी बनाउने विषायमा अभिमुखीकरण दिएकाे उनकाे भनाइ छ। चैत १ गतेबाट सुरु हुने अभियानलाई प्रभावकारी बनाउन अभिमुखीकरण दिइएको सापकाेटाकाे भनाइ छ।

Hardik ivf

अध्यक्ष दाहालले नेताहरूको कार्यविभाजन र भन्दै थप दुई दिन गृहकार्य गर्ने समय समेत दिएको जानकारी दिए। ‘हामीले जुन अभियान सुरु गर्न लागेको छौं। चैत्र १ देखि त्यसलाई अझ प्रभावकारी बनाउन अध्यक्षज्युले भर्खर बसेको बैठकमा हामीलाई उहाँले गृहकार्य दिनुभएको छ। कार्यविभाजनको सवालमा आगामी योजना तथा कार्यक्रम निर्माणमा सल्लाह भएको छ।’

प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने तयारीमा रहेको माओवादीले आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा समेत गरेको छ। 
 

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्