समुन्नत मुलुक निर्माण गर्ने प्रमुख जिम्मेवारी कांग्रेसको : सिटौला
आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता सिटौलाले लोकतन्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताए।
काठमाडौं, फागुन १३ : कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संविधानको लक्ष्यअनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता सिटौलाले लोकतन्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताए।
राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिने बताउँदै उनले भने, ‘संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणालीमा संघीयता अन्तर्गत सरकार छ । लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता हो । हामीले राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिन्छ। हामीले राष्ट्रिय सभामा होस् या प्रतिनिधि सभामा अथवा पार्टीले आफ्ना संगठनबाट निर्माण गर्ने पद किन नहोस् । यो सब हामी जनताप्रति समर्पित हुनुपर्दछ ।’
समुन्नत मुलुक निर्माण गर्ने पाटोमा अन्य पार्टीभन्दा नेपाली कांग्रेसको दायित्व भएको सिटौलाको भनाइ छ ।
सबै क्षेत्रका नेता तथा कार्यतकर्ता मिलेर व्यवस्थाको सुदृढ गरि सुदृढ व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा गर्ने जिम्मा नेपाली कांग्रेसको रहेको उल्लेख गरे ।
उनले भने, ‘ शान्ती र लोकतन्त्रका स्थापना गर्दै यसलाई कायम गर्दै लग्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो जस्तो मलाई लाग्छ । अन्य पार्टीलाई मार्गदर्शन गर्ने काम पनि नेपाली कांग्रेसकै हो । त्यसैले हामी सबैले एकता भएर, मिलेर व्यवस्थाको सुदृढ गरि सुदृढ व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा गर्नुछ ।’
नेताहरुले आफ्नो स्वार्थका लागि नभइ जनताको स्वार्थका लागि लाग्नुपर्नेमा नेता सिटौलाको जोड थियो ।












