Kathmandu Press

निफको ओपनिङ फिल्म ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’

निफको ओपनिङ फिल्म ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’

काठमाडौं, फागुन १३ : आनी छोइङ डोल्माको जीवनीप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको छ। 

हङकङस्थित सिटी युनिभर्सिटीमा आमसञ्चारका प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर सो वृत्तचित्र तयार गरेका हुन्। फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिए।  

डोल्माको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई वृत्तचित्रले प्रस्तुतिको विषय बनाएको जनाइएको छ । निर्देशक लिनले वृत्तचित्र आनीको स्वतन्त्रताको खोजीका रूपमा केन्द्रित रहने बताए। 

सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि डोल्माले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि वृत्तचित्र बनाउने सोच पलाएको र त्यसको पाँच वर्षपछि काम थालेको लिनले उल्लेख गरेका छन्।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्