मिटरब्याज र सहकारी पीडितद्वारा आज पनि काठमाडौंमा मार्चपास
सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनीहरुको माग छ।---frame-at-1m31s-1708857601.jpg)
काठमाडाैं, फागनु १३ :मिटरब्याज पीडित र सहकारी पीडितहरुले सरकारले आइतबार पनि काठमाडौंमा मार्चपास गरेका छन्।
आफूहरु विगत तीन वर्षदेखि निरन्तर आन्दोलनमा रहँदा पनि समस्या समाधान नभएको भन्दै उनीहरू काठमाडौं आएका हुन्। उनीहरुकाले आइतबार काठमाडौंको भृकुटिमण्डप, शान्तिबाटीका लगाएतका क्षेत्रमा मार्चपास गरेका हुन्।
सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनीहरुको माग छ।
उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिब किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका माग अघि सारेका छन्।
प्रकाशित मिति: १६:२५ बजे, आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)