Kathmandu Press

 गृह मन्त्रालयले मिटरब्याजपीडितलाई वार्तामा बाेलायाे

मिटरब्याजपीडितले आइतबारदेखि उपत्यका केन्द्रित आन्दोलन गरिरहेका छन्।
 गृह मन्त्रालयले मिटरब्याजपीडितलाई वार्तामा बाेलायाे

काठमाडौं, फागुन १३ : मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको छ।

पूर्वको काकडभिट्टा र पश्चिमको महेन्द्रनगरबाट २३ दिन हिँडेर काठमाडाैंमा आई आन्दोलन गरिरहेको मिटरब्याजपीडितसँग वार्ता गठित टोली गठन भएको हो। मिटरब्याजपीडितले आइतबारदेखि उपत्यका केन्द्रित आन्दोलन गरिरहेका छन्।

Hardik ivf

पत्रमा सहसचिव पण्डितको नेतृत्वमा समिति बनाइएको उल्लेख छ। पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर वार्तामा आउन पनि भनिएको छ।

‘संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिलाई गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ, ‘मिटरब्याज समस्या समाधानका लागि मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकाले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु हुन आदेशानुसार अनुरोध छ।’

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन पत्र पठाए पनि व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाइएकाले छलफलमा सहभागी नहुने बताइएकाे थियो। लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो।

यसअघि पनि उनीहरूले काठमाडौंमा आन्दोलन गरेपछि सरकारले गत चैतमा जाँचबुझ गर्न आयोग गठन गरेको थियो। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले ८ महिना अध्ययन गरेर सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्