राजनीतिक दलसम्बन्धी विधेयक संसदमा प्रस्तुत
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थामा अध्यादेशमार्फत संशोधन भएको थियो।
काठमाडौं, फाुगन १३ : प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थामा अध्यादेशमार्फत संशोधन भएको थियो। तर उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभासमक्ष पेश गरेका हुन्।
आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई भने बहुमतले अस्वीकृत गरेको छ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ।












-1755255383.jpg)