Kathmandu Press

राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै : रमेशजंग रायमाझी

निवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी काम गर्ने बताए।
राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै : रमेशजंग रायमाझी

काठमाडाैं, फागुन १३ : नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन्।

आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा रायमाझीले संसदमा लामो समयदेखि कांग्रेसको नेतृत्व नभएको अवस्थामा अव राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका हुन्।

Hardik ivf

उनले कांग्रेसको नेतृत्व नहुदा सूचना लुकाउने लगाएका काम भएकाले अव सहज हुने जिकिर गरे। उनले राष्ट्रियसभा र समितिहरुमा सहभागीता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। रायमाझीले संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण निराशा छाएको भन्दै अव कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताए। 

त्यस्तै निवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी काम गर्ने बताए। उनले संविधानको लक्ष्य अनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने धारणा राखे।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र  बलदेव बोहरा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: १५:२३ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्