Kathmandu Press

संसदको लोगो लगाएर मुलुकको परिवर्तित व्यवस्थाकाविरुद्ध बोल्नु अनुचित : माधव सापकोटा

लगतै विशेष समयमा बोलेका राप्रपा सांसद ज्ञान बहादुर शाहीले विचार मिल्दैन भन्दैमा सांसदको राजीनामा माग्न नपाउने व्यवस्था रहेको बताए।
संसदको लोगो लगाएर मुलुकको परिवर्तित व्यवस्थाकाविरुद्ध बोल्नु अनुचित : माधव सापकोटा

काठमाडाैं, फागुन १३ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदको लोगो लगाएर मुलुकको परिवर्तित व्यवस्थाकाबिरुद्ध बोल्नु उचित नहुने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको भन्दै संसदको लोगो लगाएर व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने काम भएको बताएका हुन्।

Hardik ivf

उनले संविधानमाथि माथि गएर संसदमा बहस गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गरे। संविधान अनुसार बेला बेला मन्त्री पनि हुने तर संविधानलाई ध्वंश तुल्याउने काम स्वीकार्य नहुने उहाले बताउनुभयो । उहाले संसदभन्दा माथि राजतन्त्रको वकालत हुन नसक्ने जिकिर गरे।

लगतै विशेष समयमा बोलेका राप्रपा सांसद ज्ञान बहादुर शाहीले विचार मिल्दैन भन्दैमा सांसदको राजीनामा माग्न नपाउने व्यवस्था रहेको बताए। उनले संविधानको धारा १०३ मा सांसदहरुमा वाक स्वतन्त्रता रहेको जिकिर गरे। देशको व्यवस्थाका विषय संशोधनीय रहेको उनको भनाइ छ।

आफूलाई जुम्लाका जनताले चुनेर पठाएको भन्दै आफुले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको उनले बताए। शाहीले बोल्दै गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरे। 

प्रकाशित मिति: १५:२० बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्