Kathmandu Press

केयुकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय

खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक माधव तिवारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो।
केयुकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय

काठमाडौं, फागुन १३ : खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ।

खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न गठित सीईओ छनोट सिफारिस समितिमा बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर आठ जनाको ‘सर्ट लिस्ट’ तयार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो। मन्त्रालयले सीईओ नियुक्ति प्रक्रियाबारे छानबिन गर्न एक समिति समेत गठन गरेको छ।

Hardik ivf

खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक माधव तिवारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो।

केयूकेएलले गत २३ असोज मा सीईओ छनोट गर्न खुला प्रतिस्पर्धा आह्वान गरेको थियो। आर्थिक प्रभावमा परी सीईओ नियुक्त गर्न लागिएको भन्दै अख्तियारमा उजुरी दर्ता भएपछि नियुक्ति प्रक्रिया विवादमा फसेको थियो। सीईओका प्रतिस्पर्धीले अख्तियारमा उजुरी दिएपछि विवाद बाहिरिएको हो। 
 

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्