Kathmandu Press

पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा

कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ। 
पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा

काठमाडौं, फागुन १३ : रसुवाको धैबुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ।

कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ। 

समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गरे। 

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ।

रेडियो लाङटाङले हालसम्म रसुवा र नुवाकोट जिल्लास्तरीय घाँसेगीत, रसुवा जिल्लास्तरीय लोकगीत र  वक्तृत्वकला तथा पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं उत्तरगया धाम र केरुङमा नेपाली श्रमिकको अवस्थाबारे सार्वजनिक छलफल कार्यक्रम आयोजना गरिसकेको छ।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्