Kathmandu Press

कृषिमन्त्रीलाई प्रश्न : मनलाग्दी नियुक्तबाहेक किसानका लागि के काम गर्नुभयो?

आइतबार संघीय संसद सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने, ‘तपाईं कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुत्ति बाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम्रो काम के हो ? सदनमा आएर भनिदिनुहोस्।’
कृषिमन्त्रीलाई प्रश्न : मनलाग्दी नियुक्तबाहेक किसानका लागि के काम गर्नुभयो?

काठमाडाैं, फागुन १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषकका लागि कृषिमन्त्रीले कुनै काम नगरेको भन्दै आक्रोश पोखेका छन्।

आइतबार संघीय संसद सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने, ‘तपाईं कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुत्ति बाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम्रो काम के हो ? सदनमा आएर भनिदिनुहोस्।’

Hardik ivf

यस्तै, उनले दूध किसानले भुक्तानी नपाउँदा मिल्क होलिडे सुरु गरेको भन्दै सरकार र कृर्षिमन्त्रीले किसानका समस्या सम्झेर र बुझेर समस्या समाधान गर्ने तत्परता देखाउनुपर्नेमा जोड दिए। सरकारले किसानको समस्या नसुने किसानले आन्दोलन गर्ने तयारी गरिरेहेका उल्लेख गर्दै उनले सरकारलाई किसानको समस्या समाधानको पहल गर्नका लागि सचेत पनि गराएका छन्। 

‘अब यो सरकारका कृषिमन्त्रीलाई बिउँझाउनलाई किसानहरुले पालेका पशु चौपाए सिंह दरबारमा ल्याएर हुल्दिने होकि बालुवाटार हुल्दिने हो? नत्र सरकार बिउँझिदैन।’ उनले आक्रोश पोख्दै थपे ‘किसानले दूध पोखेर गरेको तयारी सांकेतिक आन्दोलन मात्र हो। अब किसानले गोठमा पालेको पशु चौपाए सिंहदरबार र बालुवाटार लगेर हुल्दिन्छन् त्यसका लागि सरकार तयार रहोस,’ सांसद ढकालले भने। 
 
प्रकाशित मिति: १४:११ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्