‘सुपर त्रिशूली हाइड्रोपावरको अनुमतिले नदीको इकोसिस्टमलाई खलबल्याउने संशय’
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत राम्ररी नगरेको जानकारी गराए।
काठमाडौं, फागुन १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित एकसय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रो पावर निर्माणको तयारीले त्यहाँको राफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको भन्दै सदनलाई जानकारी गराएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत राम्ररी नगरेको जानकारी गराए। सांसद वाग्लेले भने, ‘पृथ्वी राजमार्गको फिस्लिङ खण्ड जुन अलिकति रणनीतिक र संवेदनशिल खण्ड पनि हो। त्यहाँ एकसय मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर प्रस्तावित रहेछ।'
उनले थपे, 'यसले राफ्टिङ गतिविधि,पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय उत्पन्न भएको छ। इआइए पनि राम्ररी नगरिएको गुनासो छ। आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरु प्रश्नको घेरामा छन्।’












-1755255383.jpg)