Kathmandu Press

मुख्यमन्त्री नेतृत्वको ‘हात्ती मैत्री पदयात्रा’ सुनसरीमा

‘म आफैं जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो।’
मुख्यमन्त्री नेतृत्वको ‘हात्ती मैत्री पदयात्रा’ सुनसरीमा

मोरङ, फागुन १३ : तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोली सुनसरीको तालतलैया क्षेत्र पुगेको छ।

कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा सुरु भएको थियो। यसक्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन्।

Hardik ivf

पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो। सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए।

त्यस क्रममा स्थानीय बासिन्दाले पछिल्लो पटक तालतलैयासहित इटहरी क्षेत्रमा जंगली हात्तीबाट भएको क्षतिबारे जानकारी गराए।

कार्कीले आफू जनताको समस्या बुझ्न र समाधानका उपाय पहिल्याउनकै लागि पदयात्रामा निस्किएको बताए। उनले भने, ‘म आफैं जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो।’

मुख्यमन्त्री कार्कीले आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रको लागि विशेष कार्यक्रम ल्याइने जनाकारी दिए।

 

प्रकाशित मिति: १०:४२ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्