Kathmandu Press

कालोबजारी बढ्दा पनि सरकार गम्भिर भएन: सिंह

काठमाडाैं, चैत ४ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका ....

कालोबजारी बढ्दा पनि सरकार गम्भिर भएन: सिंह
फाइल

काठमाडाैं, चैत ४ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौंका क्षेत्रीय सभापति र काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग मंगलबार भएको छलफलमा उनले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्। 

कोरोनाको नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उनले बताए। नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्नसक्ने प्रभावबारे जनचेतना फैलाउन निर्देशन समेत दिएका छन्। 

प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्