Kathmandu Press

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यमा गम्भीर खेलवाड, परीक्षण विना नै मेडिकल रिपोर्ट

स्वास्थ्य संस्थामा कर्मचारीको उचित व्यवस्था नभएको, पर्याप्त स्पेस नभएको, मेसिन औजार नभएको, सि ग्रेडको ल्याब सञ्चालन स्वीकृत पाएको भएपनि ल्याबको मापदण्ड पुरा नभएको, मेडिकल टेष्ट नगरी रिपोर्ट तयार गरिएको पाईएको उल्लेख छ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यमा गम्भीर खेलवाड, परीक्षण विना नै मेडिकल रिपोर्ट

काठमाडौं, फागुन १२ : वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्यमा गम्भीर खेलवाड हुने गरेको पाइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परिक्षण गर्ने स्वास्थ्य संस्थाहरुको अनुगमनको क्रममा यस्तो भेटेको हो।

मन्त्रालयमा सुचीकृत स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परिक्षण बिना नै मेडिकल रिपोर्ट तयार गरी कामदारलाई प्रदान समेत गर्ने गरेको पाइएको हो।

Hardik ivf

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्ने पर्ने व्यवस्था छ। नेपालबाट जाने नेपाली कामदारको गन्तब्य मुलुकमा पुगेपछि स्वास्थ्य परिक्षण गरिन्छ।

गन्तव्य मुलुकमा पुगेपछि मेडिकल अनफिट भइ स्वदेश फर्कनु भन्दा नेपालमा नै स्वास्थ्य परिक्षण गर्न थालिएको हो। मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाको लागि मन्त्रालयले पूर्वाधारको मापदण्ड समेत तोकेको छ। मन्त्रालयका २१५ वटा स्वास्थ्य संस्था दर्ता भएका छन्। जसमध्ये ३ वटाले नविकरण गरेका छैनन्। बाँकी रहेका २१३ वटा स्वास्थ्य संस्थाको मन्त्रालयले अनुगमन गरेको थियो।

अनुगमन पछि अनुगमन समितिले गत माघमा मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। जस अनुसार स्वास्थ्य संस्थामा कर्मचारीको उचित व्यवस्था नभएको, पर्याप्त स्पेस नभएको, मेसिन औजार नभएको, सि ग्रेडको ल्याब सञ्चालन स्वीकृत पाएको भएपनि ल्याबको मापदण्ड पुरा नभएको, मेडिकल टेष्ट नगरी रिपोर्ट तयार गरिएको पाईएको उल्लेख छ।

त्यस्तै, वैदेशिक रोजगार विभागमा रिपोर्ट प्रवेश नगरिएको, मिलाएर रिपोर्ट तयार गर्ने जवाफ दिइएको, बाटोमा भेटिएको मान्छेलाई प्राविधिक बनाएको, संस्था खोजिमा समस्या रहेको, मेडिकल टेस्ट एउटाको विभागको अर्को व्यक्तिको रिपोर्ट दाखिला गरिएको सेमत भेटिएको प्रतिवेदनमा छ।

अधिकांश मेडिकलमा मेसिन औजारको नाममा कम्प्यूटरमा र प्रिन्टर मात्र चालु अवस्थामा रहेको, २० औ बर्षदेखि सर्टिपिकेट इस्यु भए तापनि तोकिएको मापदण्ड पुरा नभएको, धेरै संस्थामा डक्टर को उपस्थिति बिना रिपोर्ट तयार गरिएको, रेफ्रिन्जेरेटरमा कोक फेन्टा भेटिएको, किटको प्याकेट नखोलि राखिएको, सिरिन्ज प्रयोग गरेर डिस्पोज नगरिएको, २०७२ को मापदण्ड समेट पुरा नभएको, १०० एमए को एक्सरे मेसिन भए तापनि सञ्चालनमा नरहेको पाईएको छ।

त्यस्तै, कुण्डलिनी डाईग्नोष्टिक सेन्टरको त आफनो ल्याब समेत नभएको पाईएको छ।  अधिकांश मेडिकलले म्यानपावर कम्पनीलाई कमिशन बुझाउनु परेकोे काम गर्न कठिनाई भएको समेत प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था सुचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि २०७२ बमोजिम गत भदौ १२ गते देखि अनुगमन शुरु गरेको थियो।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट अनुगमन तथा निरीक्षण टोलीले काठमाडौ उपत्यका भित्र र उपत्यका बाहिर रहेको स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरीक्षण गरेको थियो।

अनुगमनपछि मापदण्ड पुरा नगरेको ७० वटालाई विभागमा रिपोर्ट दाखिल गर्न बन्द गरिएको छ। त्यस्तै, ६७ वटा स्वास्थ्य संस्थाहरुलाई तोकिएको मापदण्ड पुरा गर्न एक महिनाको समय प्रदान गरेको छ। मन्त्रालयले गत माग १२ गते सुचना जारी गरी मापदण्ड पुरा गर्न निर्देशन दिएको हो।

आफनै मुलुकको मापदण्ड अनुसार स्वास्थ्य संस्था छनौट गर्दै गन्तव्य मुलुक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुचिकृत भइ स्वास्थ्य परिक्षण गर्दे आएका स्वास्थ्य संस्थाहरुले बदमासीले गन्तब्य मुलुकले आफनै मुलुकको मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरु छनौट गर्न थालेका छन्।

यसमध्ये मलेसियाले धेरै अघि देखि यस्तो अभ्यास सुरु गरेको हो । मलेसियन सरकारले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परिक्षणको लागि ३६ वटा संस्था छनौट गरेको छ । यी संस्थाले मलेसियन सरकारको मापदण्ड अनुसार नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्दे आएका छन्।

त्यस्तै, साउदी अबरले १९ वटा संस्था तोकेको छ। कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पुरा गर्दे आएको छ। इजरायले चार वटा र कोरियाले तीन वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ।

अन्य संस्थाहरुले स्वास्थ्य परिक्षण नै नगरी मेडिकल रुपमा फिट देखाएर कामदार गन्तव्य मुलुक पठाउन थालेपछि गन्तव्य मुलुक आफंै चनाखो भएका हुन्।

विभागमा रिपोर्ट दाखिल गर्न बन्द गरिएका संस्था

यस्ताे छ अनुगमन समितिकाे प्रतिवेदन

प्रकाशित मिति: २२:१८ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्