Kathmandu Press

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

‘विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो, सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ,’ उनले भने।
विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

सर्लाही, फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहालले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन्।

बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताए।

Hardik ivf

‘विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो, सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ,’ उनले भने। प्रधानमन्त्री दाहालले विविधतामा एकता नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अवसरमा उनले सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण पनि गरेका थिए।

कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो।

 

प्रकाशित मिति: १९:२० बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्