वर्तमान गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान संसारमै बढाएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने कार्यमा लग्ने बताए।
काठमाडाैं, फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान संसारमै बढाएको बताएका छन्।
शनिबार धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रीक गणतन्त्र, समावेशी सहभागीताको सुनिश्चिततामाथि संसारले प्रसंसा गरेको भन्दै गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान बढाएको बताएका हुन्।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने प्रतिबद्धता जनाए। प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने कार्यमा लग्ने बताए।
नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उहाँले गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गरे। उनले मधेस, पहाड र हिमालको एकतालाई सुदृढ गर्न सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एक एकता कायम गर्न जिम्मेवारी आफ्नो रहेको जिकिर गरे।
उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने भन्दै निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे। एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव ५ मिटर चौडाइ रहेकोे छ।




-1783061799.jpg)





-1783061799.jpg)

