Kathmandu Press

कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई आदर्शमानेर जाने काम नेपालमा दुभाग्र्यको घटना भएको उनले बताए। उनले धोकाधढीका कारण नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने अभियान विचमै राकिएको जिकिर गरे।
कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

काठमाडाैं, फागुन १२ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन्।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन्। उनले प्रतिक्रियाबाद र संशोधनवादबिरुद्ध संघर्ष गर्न अब तयारी गर्नुपर्ने धारणा राखे।

Hardik ivf

कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई आदर्शमानेर जाने काम नेपालमा दुभाग्र्यको घटना भएको उनले बताए। उनले धोकाधढीका कारण नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने अभियान विचमै राकिएको जिकिर गरे।

संसदलाई स्वीकार गर्ने प्रवृतिले मुलुकलाई अघि बढाउन नसक्ने भएकाले सच्चा माक्र्सवादीहरु विचारात्मक संघर्षलाई अघि बढाउन एकढिक्का हुनुपर्ने उनले बताए। 

प्रकाशित मिति: १६:४९ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्