Kathmandu Press

मूल्य घट्दा पनि पेट्रोल पम्पमा लामो लाइन

काठमाडौं, चैत ४ : मूल्य घट्दा पनि पेट्रोलिय पदार्थको विक्रीवितरण सहज बनेको छैन। मंगलबार बिहानैदेखि पेट्रोल पम्पमा लामो लाइन लागेको छ।

सोमबार....

मूल्य घट्दा पनि पेट्रोल पम्पमा लामो लाइन
रिवाज राई

काठमाडौं, चैत ४ : मूल्य घट्दा पनि पेट्रोलिय पदार्थको विक्रीवितरण सहज बनेको छैन। मंगलबार बिहानैदेखि पेट्रोल पम्पमा लामो लाइन लागेको छ।

सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ र हवाइ इन्धनमा चार रुपैयाँ ५० पैसा घटाएको छ। अब पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ९५ रुपैयाँ प्रतिलिटर भएको छ।

Hardik ivf

तर, कोरोना भाइरसका कारण आपूर्ति कम हुने अनुमानले उपभोक्ताले अनावश्यक खपत गरिरहेका छन्। जसले गर्दा व्यवसायीहरूले कृतिम अभाव सिर्जना गरेका छन्। त्यसैले पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन नसकेको निगमले जनाएको छ।

नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको आपूर्ति सामान्य अवस्थामा रहेको जनाएको छ। तर, व्यवसायीहरूले भने कोरोना भाइरसको विश्वव्यापी महामारीलाई देखाएर कृतिम अभाव सिर्जना गरेका छन्।

यससँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले पनि बजारमा कृतिम अभाव सिर्जना भएको छ।

कतिपय पेट्रोल पम्पमा भने ‘पेट्रोल छैन’ भन्ने सूचना टाँस गरिएको छ। सोमबार नेपाल आयल निगमले मूल्य घटाएसँगै आपूर्ति सहज हुने अपेक्षा गरिएको थियो। तर, पेट्रोल पम्पहरुमा उस्तै लाइन रहेको छ।

सोमबार साँझसम्म सात लाख २९ हजार लिटर पेट्रोल र ६ लाख ५४ हजार लिटर डिजेल बिक्रीवितरण भएको निगमले जनाएको छ। बिक्री बढेपछि पेट्रोल पम्पहरुले लुकाउँदा समस्या भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘पेट्रोलियम पदार्थको आयतमा कुनै समस्या छैन,’ पौडेलले भने।

अब अनुगमन गरिने निमगले जनाएको छ। ‘आत्तिनु पर्ने अवस्था छैन,’ निगमका कार्यकारी निर्देशक पौडेलले भने।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमन सुरू गरेको छ। कृतिम अभाव सिर्जना गर्ने ब्यापारीलाई कारबाही गरिने जनाएको छ।

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्