अँगेनोको आगोले घर खरानी
गए राति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए।मलेखु, फागुन १२ : पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ।
गए राति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए। 'दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्', तामाङले भने, 'अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए। आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ।'
करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन्।
प्रकाशित मिति: १६:४२ बजे, शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिपुर मेयरका २० उम्मेदवार घरदैलोमा, कसको एजेन्डा के?मंगलबार, मंसिर ११, २०८१
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युमंगलबार, मंसिर ११, २०८१
चीनसँग राष्ट्र र जनहितका पक्षमा काम गर्न विप्लव समूहको आग्रहमंगलबार, मंसिर ११, २०८१
उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारीमंगलबार, मंसिर ११, २०८१