Kathmandu Press

सबै मिलेर देशमा सुशासन कायम गर्नुपर्छ : मन्त्री किराती

मुलुकलाई अघि बढाउन पुराना नेताहरुलाई बोक्न अझै पनि तयार रहेको उनले बताए। उनले अब पनि मुलुकलाई अघि बढाउन ढिला गरे समयले नपर्खिने जिकिर गरे।
सबै मिलेर देशमा सुशासन कायम गर्नुपर्छ : मन्त्री किराती

काठमाडाैं, फागुन १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सबै मिलेर देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा डा. पुरण राईका विभिन्न कृतिहरु लोकार्पण कार्यक्रममा मन्त्री किरातीले सबै दल र नेताहरु मिलेर नै देशबाट राजतन्त्र फालिएको भन्दै देशमा सुशासन कायमका साथै गरिवी अन्त्य गर्न पनि सवै मिल्नुपर्ने बताएका हुन्।

Hardik ivf

मुलुकलाई अघि बढाउन पुराना नेताहरुलाई बोक्न अझै पनि तयार रहेको उनले बताए। उनले अब पनि मुलुकलाई अघि बढाउन ढिला गरे समयले नपर्खिने जिकिर गरे। मन्त्री किराँतीले समाज रुपान्तरणका लागि लेखकहरुको भूमिका महत्वपूर्ण भएकाले शासनको नभई जनताका लेखक भएर लेख्न आग्रह गरे।

जनता नै इतिहासको निर्माता भएकाले जनताको पक्षमा लेख्नुपर्ने उनको भनाइ थियाे। 

प्रकाशित मिति: १६:३० बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्