सरकारले न्याय नदिएसम्म घर नफर्कने लघुवित्त, मिटरब्याज र सहकारी पीडितकाे घाेषणा
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले मिटरब्याज पीडितहरु लाखौंको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन्।---frame-at-0m18s-1708771109.jpg)
काठमाडाैं, फागुन १२ : लघुवित्त पीडित, मिटरब्याज पीडित र सहकारी पीडितहरुले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले मिटरब्याज पीडितहरु लाखौंको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन्। मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरु विगत ३ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए।
मिटरब्याज पीडितहरु लाखौंको संख्यामा रहेको र उनीहरुले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानविनका लागि बनेको आयोगको म्याद सकिएको उनले बताए। उनले सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने माग गरे। त्यसैगरी पीडकहरुले घटाएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाहरु छानविन गरी उचित दण्ड सजायको ब्यवस्था गरिनुपर्ने उनको भनाइ छ।
त्यस्तै मिटरब्याज पीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताए। ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनले बताए।
सहकारी बचतकर्ता संरक्षणा राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरुको पक्षमा आफूहरुले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे। आन्दोलनका क्रममै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएरपश्चात सात बुँदे सहमति भएको उनले बताए।




-1783061799.jpg)





-1783061799.jpg)

