प्रसूति गृहबाट शिशु चोर्ने महिला अस्पताल भर्ना
उच्च रक्तश्राव भएपछि सिंहलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए।
काठमाडौं, फागुन १२ : काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरेको आरोपमा पक्राउ परेकी दैलेखकी मनकुमारी सिंह अस्पताल भर्ना भएकी छिन्।
उच्च रक्तश्राव भएपछि सिंहलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए।
शुक्रबार दिउँसो २६ दिनको शिशु हराएको थियो। लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान गरेपछि शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीबाट पक्राउ गरि शिशुको उद्धार गरेको थियो।
प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तश्राब भएपछि सिंहलाई अस्पताल भर्ना गरिएको हो। प्रहरीले राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ।




-1783061799.jpg)





-1783061799.jpg)

