Kathmandu Press

ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो। सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 
ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

लखनउ, फागुन १२ : भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना  हुँदा १५ जनाको मृत्यु भएको छ। 

गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो। सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो।

अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ। 
 
प्रकाशित मिति: १४:३८ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्