‘मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ’
‘विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको संघर्षलाई कांग्रेसले भुल्नुहुँदैन,’ डा. कोइरालले भने।
काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताएका छन्।
कांग्रेस पूर्वमहामन्त्री डा. कोइरालाले महासमिति सदस्यको सम्मानमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘महासमितिसँगै उत्साह र उमंग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ,’ उनले भने।
कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो। सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।
‘विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको संघर्षलाई कांग्रेसले भुल्नुहुँदैन,’ डा. कोइरालले भने। जीवन संघर्ष भएकाले संघर्ष गर्न सिक्नुपर्ने उनले बताए।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान




-1783061799.jpg)





-1783061799.jpg)

