Kathmandu Press

एमाले कैलाली अध्यक्षमा ढुंगाना

ढुंगानाले अध्यक्ष पदक अन्य दुई जना उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन्। ढुंगानाले २८७ मत प्राप्त गरे भने पाण्डेले २१८ र जोशीले ६३ मत मात्र पाए।
एमाले कैलाली अध्यक्षमा ढुंगाना

कैलाली, फागुन १२ : नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्।

ढुंगानाले अध्यक्ष पदक अन्य दुई जना उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन्। ढुंगानाले २८७ मत प्राप्त गरे भने पाण्डेले २१८ र जोशीले ६३ मत मात्र पाए।

Hardik ivf

अध्यक्षका तीनै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दिएका थिए। उपाध्यक्ष पदमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही विजयी हुँदा सचिवमा पनि पाण्डे प्यानलकै ममताप्रसाद चौधरी विजयी भएका छन्।

यस्तै, उपसचिव (खुला) तर्फ ढुंगाना प्यानलका चुडामणि भट्ट विजयी भए भने उपसचिव (महिला)मा गंगाकुमारी चौधरी विजयी भएकी छिन्।

आइतबार सुरु भएको अधिवेशनमा उम्मेदवारहरुबीच सहमति हुन नसकेपछि छैटौं दिन शुक्रबार मतदान भएको थियो।

प्रकाशित मिति: १०:५० बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्