Kathmandu Press

प्रसूति गृहबाट शिशु लिएर फरार भएका तीन जना प्रहरी नियन्त्रणमा, शिशुकाे उद्दार

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट चोरिएको शिशु (२६ दिनको बालिका) लाई उद्दार गरेको छ।
प्रसूति गृहबाट शिशु लिएर फरार भएका तीन जना प्रहरी नियन्त्रणमा, शिशुकाे उद्दार

काठमाडौं, फागुन १२ : थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार शिशु चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट चोरिएको शिशु (२६ दिनको बालिका) लाई उद्दार गरेको छ।

Hardik ivf

शिशु लिएर जाने दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं,काँडाघारी बस्ने २४ बर्षीय मन कुमारी सिंह, निजको श्रीमान २८ बर्षीय नरेन्द्र मल्ल र निजको दिदि शारदा शाहीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारीस्थित डेराबाट प्रहरीले शुक्रबार राती नै पक्राउ गरेको जनाएको छ।
 
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रे,चौरीदेउराली गाउँपालिका –३ घर भई हाल काठमाडौंको कपन बस्दै आएकी सबिना श्रेष्ठको शिशु चोरी भएको घटना बाहिरिएको थियो।

घटना लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले घटनामा संलग्नलाई काँडाघारीबाट पक्राउ गरेको हो।

विवाह भएको तीन वर्षसम्म बच्चा नभएपछि शिशु चोरी गर्ने योजना अनुसार नै उनिहरुले प्रसूति गृह गएर शिशु चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

प्रकाशित मिति: ०८:५४ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्