Kathmandu Press

‘मेलमिलापबाट अन्तरदेशीय विवाद समाधान गर्न सकिन्छ’

उनले मेलमिलाप देशभित्र मात्र होइन, अन्तरदेशीय विवादहरुको समाधानका लागिसमेत त्यत्तिकै महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको बताए।
‘मेलमिलापबाट अन्तरदेशीय विवाद समाधान गर्न सकिन्छ’

काठमाडौं, फागुन १२ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मेलमिलापबाट देशभित्र मात्र नभई अन्तरदेशीय विवादको सामाधानका गर्न सकिने बताएका छन्।

सर्वोच्च अदालत बार एसोसिएसन, मेलमिलाप समिति र बंगलादेश इन्टरनेसनल मिडिएसन सोसाइटीले आयोजना गरेको मेलमिलापसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले मेलमिलाप विवाद समाधानको महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको र यो पद्धतिको अवलम्बनसम्बन्धी अन्तर्राष्ट्रिय मानक वा मापदण्डको विकास गर्नुपर्ने बताए।

Hardik ivf

‘विवादहरुको प्रकृतिमा आएको विविधीकरणले न्याय निरुपणका सन्दर्भमा राष्ट्रिय सीमाको मान्यतासमेत क्रमशः खुकुलो बन्दै गएको छ, खासगरी, व्यापार, व्यवसाय र विश्वव्यापीकरण एवम् निजी अन्तर्राष्ट्रिय कानुनको विकासले त्यस प्रकारको अवस्था सिर्जना गरिरहेको म देख्दछु,’ प्रधानन्यायाधीश श्रेष्ठले भने।

उनले मेलमिलाप देशभित्र मात्र होइन, अन्तरदेशीय विवादहरुको समाधानका लागिसमेत त्यत्तिकै महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको बताए। उनले मेलमिलाप पद्धतिको अवलम्बनसम्बन्धी अन्तर्राष्ट्रिय मानक वा मापदण्डको विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

मेलमिलाप पद्धतिलाई प्रभावकारी बनाउने दिशामा भएका विभिन्न प्रयासका बाबजुद अझै पनि थुप्रै समस्या र चुनौती विद्यमान रहेको र सबैका साझा समस्या तथा चुनौती भएको हुँदा मेलमिलाप दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेशलगायत मुलुकमा विवाद समाधानको परम्परागत पद्धतिका रुपमा लामो समयदेखि अभ्यासमा रहेको बताए।        

‘यसको कानुनी व्यवस्थापनको दृष्टिकोणबाट अनुभवहरु नयाँ नै छन्, तसर्थ कानुनी एवं कार्यविधिगत रुपमा मेलमिलाप पद्धतिको अभ्यास र अनुभवबाट यसलाई थप परिमार्जन र परिस्करण गर्दै लैजानुपर्ने आवश्यकता छ,’ प्रधानन्यायाधीश श्रेष्ठले भने।

मेलमिलाप पद्धति र मेलमिलापको प्रक्रियामार्फत विवाद समाधान गर्दा हुने फाइदाका बारेमा आमरुपमा जानकारी गराई यसप्रतिको आकर्षण बढाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले मेलमिलाप प्रक्रियाको सफलता मेलमिलापकर्ताको दक्षता, सीप, अनुभव र लगनमा निर्भर गर्ने बताए।

सम्मेलनले दक्षिण एसियामा मेलमिलापको सञ्जाल निर्माण गरी आपसी अनुभवको आदानप्रदानलाई अनुभूतिको तहसम्म पु¥याउने अपेक्षा गरेको उल्लेख गर्दै उनले सम्मेलनबाट दक्षिण एसियाली क्षेत्रमा मेलमिलाप पद्धतिको विकास र सोमार्फत न्यायमा पहुँच अभिवृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत बताए।

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्